कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
873

भक्तपुर- दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत १९ करोड ४४ लाख पुगेको छ । सहकारीले गरेको अर्धवार्षिक समीक्षा बैठकमा सेयर सदस्य १ हजार ८ सय ५५ र बचत यति धेरै पुगेको जानकारी दिइएको हो । सहकारीका अध्यक्ष प्रदीप शर्मासहित सञ्चालक समिति, लेखासमितिका सदस्यहरु तथा अन्य उपसमितिका पदाधिकारीहरु सहभागी रहेको समीक्षा बैठकमा दिइएको जानकारीअनुसार, सहकारीको कर्जा प्रवाह १३ करोड ८६ लाख ९९ हजार छ भने सेयर पुँजी २ करोड ४० लाख ६६ हजार रुपैयाँ पुगेको छ । समीक्षा बैठकमा साउनदेखि पुससम्म ऋण प्रवाह, बचत तथा संस्थाका अन्य गतिविधि र संस्था सञ्चालन गर्दाका समस्याहरु बारेमा छलफल हुनुका साथै आगामी दिनमा हालका कमीकमजोरीहरुलाई समाधान गर्दै अघि बढ्ने बारे पनि छलफल भएको थियो ।