कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
417

सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
विद्यालयले निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै उक्त सहयोग रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरूको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।
यस किसिमको सहयोगले शैक्षिक सामग्रीको अभावमा पठन–पाठनमा भइरहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।