कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
686

युनाइटेड फाइनान्सले २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता सञ्चालनमा ल्याएको छ । ‘एक घर एक खाता’को अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर–घरमा एक खाता खोल्ने अभियान मंगलबारदेखि नै सञ्चालनमा आएको छ । यस योजनाअन्तर्गत युनाइटेड फाइनान्सको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाइनान्सका तर्फबाट १ सय रुपैयाँ जम्मा गरीने तथा निःशुल्क रूपमा भिसा कार्ड तथा आस्बा सेवा उपलब्ध गराइनेछ ।
नेपालकै पुरानो मध्येको यस फाइनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुत फाइनेन्स रणनीतिक साझेदारका रूपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र यो योजना सबै शाखा कार्यालयहरूमा लागू गरिएको छ । यो योजना हाललाई फागुन महिनाभरिका लागि सञ्चालनमा ल्याइएको छ ।