कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
547

सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ । यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने तथा यस योजनामा महिला ग्राहकले १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने बैंकले जनाएको छ । यस योजना बुधबारदेखि फागुन ११, २०७६ सम्मका लागि लागू गरिएको बैंकले बतायो ।