कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
524

काभ्रे-राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाले मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
एक्सटेन्सनको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले गरे । मालपोत कार्यालय धुलिखेलका प्रमुख शालिकराम आचार्यले राष्ट्रिय वाणिज्य बैंक कार्यालय मै एक्सटेन्सन काउन्टर खोलेपछि सेवा प्रवाहमा सहजता आएको बताए । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा दैनिक ४०-५० लाख राजस्व उठ्ने गरेको छ । उक्त बैंकको काउन्टर खुल्नु अगाडि मालपोत कार्यालयले लेखा शाखामार्फत राजस्व उठाउँदै आएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा प्रमुख विनोदप्रसाद सापकोटाले काभ्रेको धुलिखेल, बनेपा र भकुण्डेबेंसीबाट राष्ट्रिय वाणिज्य बैंकले सेवाप्रवाह गर्दै आएको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।