कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
472

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्घार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकहरूले विभिन्न छुटहरू पाउन सक्ने भन्दै बैंकले यस्ता छुट र क्यास ब्याकअफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास लिएको जनाएको छ ।