कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
772

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बैंक सञ्चालक समितिको गत बुधबार बसेको ३८१ औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । नव नियुक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
शपथ ग्रहण समारोहमा बैंकका सञ्चालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । गौतम संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् ।