सागर परियार
आइतवार, फाल्गुन ४, २०७६
589

जुम्ला-देउक्रषि चौलागाईं जुम्लाकै एक सफल व्यापारी हुन् । उनले विगत दुई दशकदेखि जुम्लामा हार्डवयरको व्यापार गर्दै आएका छन् । सुरुमा आफ्नै लगानीमा कैलाश जनरल स्टोर एण्ड हाडवयर सप्लार्यसले सञ्चालन गरेका चौलागाईंले जुम्लामा सुविधा सम्पन्न कोल्डस्टोर सञ्चालन गर्ने लक्ष्य राखेका थिए । तर आर्थिक अभाव भएकाले अघि उनी बढ्न सकेका थिएनन् । जुम्लामा स्याउको उत्पादन बढ्दै गएपछि कोल्डस्टोरको आवश्यकता खट्किन थाल्यो ।
देउक्रषि ऋणका लागि विभिन्न बैंक तथा वित्तीय संस्था नधाएका पनि हैनन् । तर भने जति ऋण नपाउँदा थाकेका चौलागाईंको कोल्डस्टोर बनाउने लक्ष्य भने राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक कर्जाले पूरा ग¥यो ।
हार्डवयर व्यवसायका लागि ३ करोड र कोल्ड स्टोर निर्माणका लागि ५ करोड व्यावसायिक कर्जा लिएर चौलाईगाईंले हाल जुम्लामा कर्णालीकै ठूलो कोल्डस्टोर निर्माण गरिरहेका छन् । जसले जुम्लाका किसानको स्याउलाई उचित व्यवस्थापन तथा बजारीकरणमा टेवा पुराउने समेत विश्वास लिइएको छ ।
त्यस्तै जुम्लामा नाम चलेका ठूला व्यापारीका रुपमा चिनिने जिपी स्टेश्नरी, लुना जनरल स्टोर, सिम्पल इन्टेलिजेन्ट, मालिका कम्युटर सेन्टर, सगुन टेर्डस, होटल स्नाल्याण्ड, स्टार होटल, ग्रीनल्याण्ड होटल, रिदम कटेज लगायत दर्जनौ व्यापारीले राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक कर्जा लिएर सफल भएको पाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने करिब एक दर्जन कर्जाका प्रकारमध्ये ७० प्रतिशत व्यावसायिक कर्जा लगानी भएको बैंकका वरिष्ठ सहायक हेमन्तराज न्यौपानले बताए ।

४० करोड कर्जा लगानी
राष्ट्रिय वाणिज्य बैंक जुम्लाको ३÷४ वर्षयताको तथ्यांक अनुसार जुम्लाको व्यापारीक क्षेत्रमा करिब ४० करोड ५६ लाख कर्जा लगानी भएको छ । बैंकले दिने विपन्न कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक कर्जा, व्यावसायिक कर्जा, सहुलियतसहितको कृषि कर्जा, घर कर्जा, शैक्षिक कर्जा लगायत एक दर्जन कर्जाका प्रकारमध्ये लगानी गरिएको ४० करोड ५६ लाखको ७० प्रतिशत बजेट व्यावसायिक कर्जामा मात्रै लगानी भएको छ । यसले पनि जुम्लामा व्यापार व्यवसायका लागि ऋण लिनेहरु बढी रहेको देखिन्छ ।
बाँकी ३० प्रतिशत लगानी अन्य क्षेत्रमा लगानी गरिएको राष्ट्रिय वाणिज्य बैंकका वरिष्ठ सहायक हेमन्तराज न्यौपानले जानकारी दिए । व्यावसायिक कर्जामा व्यापारी तथा किसानहरुको आर्कषण भएकाले यसमा लगानी बढ््न सक्ने बैंकले जनाएको छ । जुम्लाका साना ठूला व्यापारी गरी जम्मा ५ सय २५ जना ऋणी रहेका छन् ।
५ सय २५ जना ऋणीमध्ये ७० प्रतिशतले नै व्यावसायिक कर्जा लिएका छन् । ३० प्रतिशतले अरु कर्जा लिएका हुन् । “निर्माण क्षेत्रमा लगानी भइरहेको छ, तर केहि ठूला व्यापारी बैंकको सम्पर्क आउन थालेका छन्” न्यौपानले भने ।
व्यवसायका लागि बैंकबाट १ लाखदेखि ८ करोडसम्मको ऋण लगानी गरिएको छ । साथै सहुलियत कृषि कर्जा अन्तरर्गत ८० लाख ऋण लिएर व्यावसायिक कृषि गरेको हिरा धननजय कृषि फार्म पनि नमूना रुपमा संचालन भईरहेको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले करिब १९ हजार ६ सय १२ जना नागरिकलाई बैंकिङ पहुँच ल्याउन सफल भएको छ ।
अन्य बैंक भन्दा राष्ट्रिय वाणिज्य बैंकबाट व्यावसायिक कर्जा लिएर लक्ष्यमा पुगेका व्यापारीहरुले बैंक नाफामुखी मात्र नभई सेवामुखी हुनुपर्नेमा जोड दिएका छन् ।