कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
655

सानिमा बैंकले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । ‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिक रूपमा १ रुपैयाँ विपन्नवर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।
महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितका लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रूपमा अन्य विपन्नवर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।