कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
278

दमौली- सनराइज बैंक डुम्रे शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
तनहुँको बन्दीपुर–५, भुजेलगाउँस्थित आँदिवराही प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा कमजोर आर्थिक अवस्था भएका ५७ जना विद्यार्थीलाई बैंकले न्यानो कपडा प्रदान गरेको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा र बैंकका डुम्रे शाखाका प्रबन्धक राजेन्द्रप्रसाद जोशीले संयुक्त रूपमा बालबालिकालाई कपडा प्रदान गरेका थिए । शैक्षिक तथा सामाजिक दृष्टिले पछि परेको समुदायका बालबलिकाको जाडोका कारणले पठनपाठन नै प्रभावित भएको अवस्थामा बैंकले शैक्षिक सामग्री प्रदान गरेकोमा खुसी व्यक्त गरे । बैंकका शाखा प्रबन्धक जोशीले बालबालिकाको शैक्षिक प्रक्रियामा सघाउन पाएकोमा खुसी लागेको र सहयोग निरन्तर रहने प्रतिवद्दता व्यक्त गरे ।
शैक्षिक चेतनास्तर कमजोर भएका भुजेल गाउँका वासिन्दाको आर्थिकस्तर कमजोर भएकाले वित्तीय साक्षरता दिई बचत गर्ने बानीको विकास गराउनु पर्ने वडा नम्बर ५ का अध्यक्ष धुव्रप्रसाद लामिछानेले बताए ।