कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
347

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रम्याक्स मनी ट्रान्सफर प्रालिकाबीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम अबम्याक्स मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाबाट सहज रूपमा भुक्तानी पाउन सकिनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।