कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६
485

स्किल विक–२०२० को समापनमा पर्यटनतर्फ द्वारिकराज होटलकी सभापति अम्बिका श्रेष्ठलाई नबिल स्किल हिरोबाट सम्मनित गरिएको थियो । त्यस्तै कला तथा संस्कृति विधामा नेपालकी अत्यन्त लोकप्रिय नायिका एवं कलाकार मिथिला शर्मालाई नबिल स्किल हिरो भनेर सम्मनित गरियो । उद्यमशीलता विधातफ क्युएफएक्स क्वीक्ट टिमका सञ्चालक एवं नवउद्यमी युवाहरूको प्रेरणाको स्रोत किम उद्दीन तथा विज्ञान तथा प्रविधितर्फ एफवन सफ्ट यन्टरनेसनलका अध्यक्ष विश्वास ढकाल पनि नबिल स्किल हिरोबाट सम्मनित भएका थिए ।
यी ४ विधाका जाजवल्यमान प्रतिभालाई सम्मान गर्दै नबिल स्किल हिरोको शीर्षक प्रदान गरिएको छ । ग्लेकल प्रालिद्वारा सन्ञलित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिवको उल्लेखनीय उपस्थिति रहेको थियो जसमा उद्यमी, व्यवसायी,सरकारी निकाय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, सञ्चारकर्मी एवं विद्यार्थीहरूको उपस्थिति थियो ।