कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६
396

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिसँग एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालक निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारलगायत बैंकका संस्थापक÷सेयरधनीहरूले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरू, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत उपचार प्रक्रियामा अधिकतम १५ प्रतिशत रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधीमा ५ प्रतिशत आकर्षक छुट प्राप्तगर्न सक्ने बैंकले जनाएको छ ।