कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
406

ग्लोबल आईएमई बैंकले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरिया नगरपालिका–६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६७ पुगेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । बैंकले २ सय ६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटीएम तथा २ सय ४८ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्पmत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।