कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६
399

सनराइज बैंकले भ्याली एक्सप्रेस रेस्टुराँसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको छ । यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकहरूले आफ्नो डेविट÷क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनलमार्फत वा मोबाइल बैंकिङको प्रयोग गरी क्युआर कोडकमर्फत पेमेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उल्लेखित योजनाअनुरूप सनराइज बैंकका ग्राहकहरूले बिहीबारदेखि दुई महिनासम्म भ्याली एक्सप्रेस रेस्टुराँका बालाजु, महाराजगन्ज, न्युरोड, सिनामंगल र भरतपुरस्थितका शाखाहरूबाट १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।