कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६
398

ग्लोबल आईएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले मंगलबारदेखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२, खनार र शुक्रबारदेखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउन्टरहरू सुरु गरेको जनाएको छ ।