कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
375

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हँुदै गएपछि सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरूलाई कम्बल वितरण गरेको छ ।
न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरूलाई सानो पाइला नामक गैरसहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १ सय ५० थान कम्बल वितरण गरेको छ । उक्त कार्यक्रममा सरोकारवालाको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ ।