कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
280

बेस्ट फाइनान्स लिमिटेडले ७ वटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौंस्थित विभिन्न ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत र सम्मान गरेको हो ।
सो अवसरमा बेस्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ठ हुने विद्यार्थीहरूलाई बधाई दिँदै लेखन कार्यमा विद्यार्थीहरूको सहभागिता प्रसंशनीय रहेको बताए । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आइरहेको तथा सो कार्य नियमित गर्दै जाने पनि बताएको छ ।