कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६
696

माछापुछ्रे बैंकले साना किसानहरूको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्यअनुरूप माछापुछ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम र हेफर इन्टरनेसनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्डअन्तर्गत किसानहरूले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा किसान कार्डमार्पmत प्राप्त गर्ने जनाएको छ ।
पहिलो चरणमा हेफर इन्टरनेसनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गापामा अवस्थित साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरूलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रक्रिया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्पmत कृषकहरूले माछापुछ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्ने पनि बैंकले जनाएको छ ।