कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६
382

पवनकुमार गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंककोे २४ औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको थियो ।
हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवनकुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी सञ्चयकोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डे छन् ।