कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
391

राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रमअन्तर्गत ट्राफिक संचेतना नेपाल प्रहरीका पूर्वट्राफिक प्रहरी निरीक्षक एवं ट्राफिक भोलिन्टियर सीताराम हाछेथुबाट प्रदान गरिएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाका लागि विभिन्न कार्यक्रममार्फत ध्यान दिइरहेको बताए ।
प्रशिक्षक सीताराम हाछेथुले बैंकिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूलाई संचेतना कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गइरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको पनि जनाएको छ ।