कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६
476

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले समय सापेक्ष ग्राहक सदस्यहरूलाई नवीनतम प्रवृद्धिको प्रयोगमार्फत मिसकल बैंकिङ सेवा उपलब्ध गराउन संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र इन्फोडेभलर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीबीच सम्झौता इन्फोडेभलपर्स प्रालि जावलाखेल ललितपुरमा सम्पन्न भयो । उक्त मिसकल बैंकिङ सेवा नेपालको लघुवित्त क्षेत्रमा पहिलो भएको र ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्नवर्गका लागि नवप्रवर्तनकारी रहेको जानकारी गराए । मिसकल बैंकिङ सेवामार्फत .ग्राहक सदस्यहरूले आफ्नो घरमा नै बसी मोबाइल रिचार्ज, बचत तथा कर्जाका बारेमा जानकारी लिन सकिने जानकारी गराएका थिए । त्यसैगरी ग्राहक सदस्यहरूले आफ्नो बचत र कर्जाको मिसकल गरेर जानकारी पाउने हुँदा लघुवित्त कारोबारलाई थप पारदर्शी, विश्वसनीय, व्यवस्थित बनाउन कासेढुंगा सावित हुने बताए ।
उक्त अवसरमा संस्थाले हाल २६ जिल्लामा ४७ वटा शाखा कार्यालयमार्फत २९ हजारभन्दा बढी सदस्यहरूलाई १ अर्ब ६९ करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको र ५७ करोडभन्दा बढी निक्षेप जम्मा गरी लघुबिमा तथा सुरक्षण र विप्रेषणलगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दे आइरहेको जानकारी दिए ।