कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
461

गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापुँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्तावपारित गरेको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ओम प्रकाश प्रसाईं र डा. प्रियंका कटवाललाई निर्विरोध सञ्चालकमा निर्वाचित गरेको जनाएको छ ।
हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरूमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । संस्थाले हाल २६ वटा शाखा कार्यालयमार्फत १२ हजारभन्दा बढी विपन्नवर्गका परिवारलाई ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ११ करोड रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ पुगेको पनि संस्थाले जनाएको छ ।