कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
397

एनआईसी एसिया बैंक साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स–सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ ।
बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच बैंक शनिबार उक्त अवार्डबाट सम्मानित भएको जनाएको छ । सार्क राष्ट्रहरूकोे लेखा पेसालाई नियमन गर्ने निकायहरूको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरूको विभिन्न क्षेत्रका संस्थाहरूलाई सम्मानित गर्दै आइरहेको छ ।
सोही क्रममा आइक्यानबाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको पनि जनाएको छ ।