कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
375

आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आउनेक्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५ औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाको मेयर नरेन्द्रकुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गर्दै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरे । सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको सञ्चालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेको ।
उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारीलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको बताए ।