कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
344

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीहरूलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पु-याउनेछ ।
मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेस्ट बैंकका डीजीएम राजीव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् । सो मेसिन भारतीय दूतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यालयका अन्य विभिन्न अधिकारीहरूको उपस्थितिमा एलटीजेन सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेको पनि बैंकले जनाएको छ ।