कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
323

मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेडद्वारा सेवाको ८३ औ वार्षिकोत्सवको अवसर पारेर एकैसाथ स्थापना गरिएका १८ शाखा र २ एक्सटेन्सन काउन्टरको अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौमा आयोजित वार्षिकोत्सव समारोहमा उद्घाटन गरे । यसरी समुद्घाटन गरिएका शाखाहरुमा समनपुर (रौतहट), सिंगटी (दोलखा), विरौटा (कास्की), खोपासी (काभ्रे) खिम्तीवेसी ( रामेछाप) हेम्जा (कास्की), सिसौनिया (दांग ) मटियानी (जनकपुर ) वानेश्वर (काठमाडौ ) महुवन (पर्सा ) वागचौर (सल्यान ) काईके (डोल्पा ) ठाकुरद्वारा ( वर्दिया ) रुकुमकोट (रुकुमपुर्व ) लुंग्री ( रोल्पा ) घर्तिगाउं (रोल्पा ) विजुवार ( प्युठान ) सन्धिखर्क (अर्घाखांची ) र काउन्टर तर्फ मेची वहुमुखी क्याम्पस (झापा ) र भैरहवा वहुमुखी क्याम्पस ( सिध्दार्थनगर ) रहेका छन् ) । यसैगरि बैकले चामे (मनांग) घर्तिगाउं (रोल्पा ) शान्तिपुर (गुल्मी ) पाल्हीनन्दन (नवलपरासी ) जोरपाटी (काठमाडौ) र वर्दिवास (महोत्तरी )गरी ६ वटा शाखाहरुलाई उत्कृष्ठ कार्यसम्पादन निम्ति पुरष्कृत गरेको छ ।