कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
249

जनता बैंक नेपाललिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसके पछि ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारकालागि अन्तिम तयारीमा बैक जुटेको जनाएको छ ।
यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाकालागि यीदुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यीदुबै बैंकहरुकाकुनै पनिएटीएममाचलाउँदाकुनै शुल्कनलाग्ने बैकले जनाएका छन् । मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७वटै प्रदेश तथा ७७ वटै जिल्लामाउपस्थितिहुनेगरी तयारी भरहेकोछ । करिव ३०० भन्दाबढीशाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाखग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चातबन्ने ग्लोबल आइएमई बैंक चुक्ता पुँजी १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिइएको पनि जनाएको छ ।