कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
381

एभरेष्ट बैंकले स्वर्गद्वारीघाट भैरहवामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजी भन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउछ र प्रदूषण नियन्त्रणमा सहयोग पु¥याउँछ ।