कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
383

सेन्चुरी कमर्सियल बैंक लि. का कर्मचारीहरूलाई लक्षित गरी हालै एक दिने कृषि वित्त तालिम सम्पन्न गरिएको छ । डेभलपमेन्ट एलायन्स नेपाल प्रा.लि. र सेन्चुरी कमर्सियल बैंक लि.द्वारा संयुक्त रूपमा बुटवलमा अयोजित उक्त तालिम कार्यक्रममा बैंकका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ अन्तरगत विभिन्न शाखाहरूमा कार्यरत २५ कर्मचारीहरू सहभागी रहेका थिए ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश अन्तरगतका शाखाका कर्मचारीहरूलाई कृषि कर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. संगको समन्वयमा यस किसिमको तालिम आयोजना गरिएको सेन्चुरी कमर्सियल बैंकका कृषि कर्जा विभागका प्रमुख प्रबिन कुमार दाहालले जानकारी गराए । दाहालले प्रथम पटक स्थानिय स्तरमा आयोजना गरिएको यस प्रकारको तालिम उपलब्धिमुलक रहेको र यसबाट कर्मचारीको क्षमता अभिबृद्धि भइ कृषि कर्जा विस्तारको लागी सहयोगी हुने बिचार राखे । डेभलपमेन्ट एलायन्स नेपाल प्रा.लि.ले वाणिज्य बैंकका कर्मचारीहरूलाई लक्षित गरी कृषि वित्त तालिमको आयोजना गर्दै आएको छ ।
डेभलपमेन्ट एलायन्स कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्वारा प्रवद्र्धित संस्था रहेको र यसले आगामी दिनमा कृषि वित्त क्षेत्रमा सघाउ पु¥याउन विभिन्न बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरूसंग सहकार्य गरी अगाडि बढ्ने कर्यकारी निर्देशक प्रसिद्धसिंह सुवालले जानकारी गराए ।