कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६
377

नेपाल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच एनबीएल डिवेन्चर निस्कासनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० प्रतिशत एनबीएल डिवेन्चर २०८३’ अब नविल इन्भेस्टमेन्ट बैंकिङ, नक्साल काठमाडौंले गर्नेछ ।
कुल २५ लाख कित्ता डिवेन्चरमध्ये १५ लाख कित्ता डिवेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिवेन्चर सर्वसाधारणमा निस्कासन गरिने जनाइएको छ ।
डिवेन्चर निष्कासनका लागि नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।