कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
471

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउन्टर विस्तार गर्दै आउने क्रममा कैलालीस्थित भजनीमा १२३ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
सोही दिन बैंकले भक्तपुरस्थित दधिकोटमा ७ औं तथा काठमाडौंस्थित धापासीमा ८ औं एक्सटेन्सन काउन्टरहरू पनि विस्तार गरेको पनि जनाएको छ ।