कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
401

एभरेष्ट बैंक लिमिटेडले ट्रायन्क्विलिटी स्पासँग ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न सहर र लक्जरी होटलहरूमा थुप्रै आउटलेट रहेको ट्रायन्क्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयूअनुसार ग्राहकहरूले कुल बिलमा ३० प्रतिशत छुट पाउने बैंकले जनायो ।
यस साझेदारीअनुसार एभरेस्ट बैंकका ग्राहकहरूले एटीएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ ।