कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६
366

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुर्खेत शाखाले आइतबारका दिन विरेन्द्रनगर नपा–३ मा अवस्थित हरि डिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ ।
वर्षातका समयमा महामारीका रूपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरूलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको जनाएको छ । त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखाले बज्रबाराही माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
शाखाले विद्यार्थीहरूलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरूलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटीएम कार्ड, मोबाइल बैंकिङ, विप्रेषण, ईसीसी, आईपीएस, बिमालगायत अन्य बैंकिङ सेवाबारे साक्षर गराएको पनि बैंकले बतायो ।