कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
342

बालुुवाटार, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५ औं वर्ष सफलतापूूर्वक पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औं वार्षिक उत्सव मनाइएको हो । बिहीबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे ।
वार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत विगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रगतको अभावनहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौंमा आज (शुक्रबार) रक्तदान कार्यक्रम गर्ने र शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी छ ।