कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
160

कृषि विकास बैंक र हेफर इन्टरनेसनल नेपालबीच मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले उक्त सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे ।
हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले आगामी दिनमा यस्तो कार्यक्रम थप विस्तार गर्दै लगिने र बैंकको सहयोग प्राप्त भइरहने अपेक्षा गरे । त्यसैगरी हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ वर्ष पहिले २५ जना नेपाली महिलाबाट सुरु गरिएको परियोजना आजका दिनसम्म आइपुग्दा लाखौं नेपाली महिला उद्यमीबीच पुगेको र कृषि तथा पशुको लघु व्यवसायमा बैंकले गर्न लागेको वित्तीय सहयोग कोसेढुंगा सावित हुने विचार व्यक्त गरे ।