कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
391

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले लघुवित्तको क्षेत्रमा बढ्दो चुनौतीहरूको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरूको दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विभिन्न १ सय १० वटा शाखा कार्यालय तथा कर्पोरेट कार्यालयसहित १३५ जना सहभागिता रहेको संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरूले गुणात्मक र संख्यात्मक रूपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरूमा समेत सक्रियता बढाउनुपर्ने बताए । त्यस्तै शाखा कार्यालयहरूमा देखिएका दुविधाहरूको छलफल गरी आवश्यक सुझाब दिएका थिए ।
उक्त गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालू आर्थिक वर्षको व्यवसाय विस्तार लक्ष्यको साथै शाखा व्यवस्थापनका बारेमा योजना प्रतिवेदन पेस गरिएको थियो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरेर कार्य गरिरहेको संस्थाले हालसम्म देशका विभिन्न ५६ जिल्लाहरूमा १० वटा अनुगमन कार्यालय र १ सय १० वटा शाखा कार्यालयहरूमार्फत १ लाख विपन्न परिवारहरूलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


सातामा धेरै पढिएको