कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६
442

एनआईसी एसिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स्बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एनआईसी एसिया बैंकका ग्राहकहरूले बिहीबारदेखि कात्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
साथै वल्र्डलिङ्कका ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरूबाट इन्टरनेटको बिल सहज रूपमा भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।