कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६
414

एनआईबीएल म्युचुअल फन्डअन्र्तगत एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालित एनआईबीएल सहभागिता फन्ड नामक खुलामुखी योजनाका एकाइहरू बाँडफाँड भएको ३ महिनापश्चात् खरिद बिक्री सुरु हुने व्यवस्थाअनुसार असोज २७ गतेदेखि कारोबार सुरु भएको छ ।
योजनाका एकाइहरू एनआईबीएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरू विराटनगर, वीरगन्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरबारबाट र नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा कार्यालयहरू बिर्तामोड, लालबन्दी, वीरगन्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगन्ज, तुलसिपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद बिक्री गर्न सकिने भन्दै कम्पनीले कारोबारको पहिलो दिन लगानीकर्ताहरूबाट बिभिन्न किसिमका जिज्ञासाहरू राख्नुका सथै व्यवस्थित लगानी योजनाको बारेमा उत्साहपूर्वक जानकारी लिइएको र उक्त दिन २८०० एकाइ बिक्री तथा १५०० एकाइ पुनः खरिद भएको जानकारीसमेत योजना व्यवस्थापकले दिएको छ ।