कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
469

नेपाल भ्रमणले मध्यनजर राखेर कृषि विकास बैंकले आफ्नो लगानीमा माइतीघर मण्डलामा नेपाली संस्कृति झलकिने गरी रङ्गोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ ।
मण्डलामा आकर्षण फूलका बिरुवाहरूका साथै फलफूलको बिरुवा समेत लगाइएको छ जसले मण्डलालाई हराबरा बनाएको छ भने रातको समयमा इलोक्ट्रिकबोर्डको डिस्पेले भएको वृत्तचित्रले नेपालको संस्कृतिलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो ।

चीनका राष्ट्रपतिलगायत सम्पूर्ण पाहुनाहरूको मुख्य आकर्षणको केन्द्र बिन्दु नै माइतीघर मण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै माइतीघर मण्डला आम मानिसको सेल्फी खिच्ने केन्द्र बिन्दु भएको छ ।