कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
604

 

सिद्धार्थ ईक्विटी ओरियन्टेड स्किम

सिद्धार्थ क्यापिटलको दोस्रो सामूहिक लगानी कोष योजना सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किम परिपक्व भएर इकाइ धनीलाई पैसा फिर्ता गर्ने क्रमा केही कजोरी देखिएको छ । क्यापिटलले पैसा फिर्ता गर्ने क्रममा लाभांश लिइसकेका इकाइ धनीलाई पनि लाभांशसहित रकम फिर्ता गरेपछि समस्या आएको हो ।
सो योजना अन्र्तगत किनेका सबै शेयर बिक्री गरेपछि असोज १५ गते त्यसको लेखापरीक्षण सकिएर अन्तिम हिसाब तयार भएको क्यापिटलले जनाएको छ । सो योजना इकाइ धनीलाई दशैं अघि नै पैसा फिर्ता गर्ने योजना अनुसार हतारमा काम गर्दा थोरै पैसा दिनुपर्ने इकाइ धनीलाई धेरै पैसा गएको हो । गत बिहीबार क्यापिटलले इकाइ धनीको बैंक खातामा आईपीएस मार्फत् पैसा पठाएको हो ।

९० प्रतिशत इकाइ धनीको खातामा पैसा पठाइसकेपछि केही इकाइ धनीको खातामा धेरै पैसा गएको थाहा पाएपछि त्यो पैसा फिर्ता लिन खोज्दा शुक्रबार आईपीएस बन्द भएको बताउँदै सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले भने, “इकाइ धनीलाई दसैं अघि नै पैसा पठाइदिन हतार गर्दा केही त्रुटी भयो, त्यसलाई सुधार गर्ने काम पनि करिव पूरा भएको छ ।” धेरै पैसा गएका इकाइ धनीको खाताबाट पैसा फिर्ता तान्ने काम पनि करिब ९५ प्रतिशत पूरा भएको उनले बताए । इकाइ धनीले नै विश्वास गरेर हामीलाई लगानी गर्न भनेर दिएको पैसा फिर्ता गर्दा भएको त्रुटी सुधार गर्ने क्रममा पनि इकाइ धनीहरुको पूर्ण सहयोग रहने उनले बताए ।
केही इकाइ धनीले अघिल्ला वर्षहरुको लाभांश फिर्ता लिइसकेका थिए । केहीले फिर्ता लैजान बाँकी थियो । तर, योजना परिपक्व भएपछि पैसा फिर्ता गर्दा अघिल्ला वर्षहरुको लाभांश फिर्ता लगेका थिएनन् । उनीहरुको लाभांश समेत खातामा पठाइदिउँ भन्दा लाभांश लगेकाहरुको खातामा पनि बढी पैसा गएको थियो ।
केही खातामा भने जानुपर्ने भन्दा कम पैसा गएको थियो । “यो हामीले नियतबस गरेको भन्दा पनि हतार गर्दा कमजोरी भएको हो,” उनले भने, “त्यसलाई बैंकबाट रिभर्स गरेर शुक्रबार सुधार्ने प्रयास गर्दागर्दै दसैं बिदा सुरु भएकाले समस्या लम्बिएको हो ।” इकाइ धनीको रकम तलमाथी नहुने समेत उनले विश्वास दिलाए ।
७० प्रतिशत जति संस्थागत लगानीकर्ताहरु र बाँकी साना साना इकाइ धारण गर्ने सर्वसाधारण थिए । त्यसमध्येको नब्बे प्रतिशतको बैंक खातामा पैसा गएको हो । कतिपय लगानीकर्ताले इकाइ डिम्याट नगरी कागजी प्रमाणपत्र नै राखेका थिए भने कतिपयको बैंक खाता डिम्याट खातामा आवद्ध भएको थिएन । यी विविध समस्याका बीच बक्यौता लाभांश र कोषको बाँकी पैसा एकैचोटी पठाउँदा कजोरी देखिएको हो ।


सातामा धेरै पढिएको