कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
456

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडादसौंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने जनाएको छ ।
बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भन्दै ३६५ दिन बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले विजया दशमीको दिन(असोज २१ गते)काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्ने जनाएको छ ।
उक्त शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजेदेखि दिउ‘सो २ः०० बजेसम्म नगद काउन्टरको सेवा लिन सक्ने पनि बैंकले जनाएको छ ।