कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
351

ललितपुर- पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशमशेर थापाले केक काटेर वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरूको उपस्थिति थियो ।
सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१ औं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए । संस्थाका विविध गतिविधिका बारेमा जानकारी गराउँदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए । यो अवधीमा ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउन्टर सञ्चालन गरिसकेको छ । चालू वर्षभित्र काठमाडौंको न्युरोड, गोंगबु र महाराजगन्ज, भक्तपुरको सूर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।