कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
547

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि. ले ग्राहकका लागि मार्जिन कारोवार सुविधा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले मार्जिन कारोबार सुविधा सञ्चालन सम्बन्धि आन्तरिक कार्यविधि २०७६ पाीित गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।
उनका अनुसार कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ साल चैत्र १४ गते अनुमति प्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने २०७६ असार १२ गते कारोबार गर्ने अुनमाति पाएको थियो ।

नयाँ सुविधा आएसँगै ग्राहकले कम्पनीमार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने भन्दै अध्यक्ष रेग्मीले कानुन अनुसार नै धितोपत्र बोर्डको नीति निर्देशन अनुसार ग्राहकलाई सुविधधा दिएको बताए । यसअघि नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र दिएको थियो ।
नेप्सेका अनुसार ५० वटा शेयर दलाल व्यवसायीमध्ये २१ वटाले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन योग्य रहेका छन् ।
नेप्सेले ब्रोकरमार्फत मार्जिन कारोबारको लागि १२ वाणिज्य बैंकसहित ३३ वटा कम्पनीहरुको सूची तयार गरेको छ । जसमा १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा लघुवित्त संस्था, ३ वटा हाइड्रोपावर, होटल्स र अन्य समूहको एक–एक वटा कम्पनीहरु रहेका छन् ।
मार्जिन सुविधा सम्बन्धि कार्यविधि अनुसार कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीहरु मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।