कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
349

नेपालीहरूको महान चाड बडादसैंको अवसरमा बिदा हुने दिनहरू २०७६ असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छन् । काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरू बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला रहने छन् ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरू बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुला रहने छन् । शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (असोज २१ गते) पनि खुला रहने जनाएको छ । उक्त बिदाका दिन खुला रहने शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्राहकहरूलाई सेवा प्रदान गरिनेछ ।