कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
333

एनआईसी एसिया बैंकले यस वर्षको दसैंमा आफ्ना ग्राहकहरूका लागि दसैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ । जसबाट देशभरका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने भन्दै बैंकले देशकै विभिन्न सहर र ठाउँहरूमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरूले डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक ६ हजार ६ सय ७६ रुपैयाँको खरिदमा १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ ।
एनआईसी एसिया बैंकको ग्राहक नभए पनि भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरूमा यो सुविधा उपभोग गर्न सक्ने पनि बैकको भनाइ छ ।

असोज ८ गतेदेखि सुरु भएको यो योजनासँगै एनआईसी एसिया बैंकको सबै आउटलेटहरूमा सपिङ गर्न आउनेहरूको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरूको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरू इस्यु भइसकेको र प्रतिदिन ३ करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ ।
कात्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ ।