कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
296

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । नयाँ हाल कायम रहेको इन्टरनेट बैंकिङमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत् महसुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिदलगायतका सुविधा थप गरिएको भन्दै बैंकले यस अगावै एक्सप्रेस बैंकिङमार्फत स्टेटमेन्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोबाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कुल तथा कलेजको शुल्क तिर्न सकिने सुविधा उपलब्ध रहेको पनि स्मरण गरेको छ ।
यसै क्रममा पुरानो ई–बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकलाई बैंकको कुनै पनि शाखा कार्यालयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ सेवाको लगइन एंव पासवर्डलिन सक्ने पनि बैंकले जनायो ।