कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
647

नेपालीहरूको महान चाड दसैंको विशेष उपलक्ष्यमा ठूलो डट कमले गत वर्षजस्तै, यस वर्ष पनि, ‘ठूलो दसैंको, ठूलो धमाका’, लिएर आएको छ । एनआईसी एसिया बैंकलगायत अन्तर्रास्ट्रिय र स्थानीय ब्रान्डहरू, उत्पादक तथा सेवा प्रदायकहरूको साझेदारीमा वर्षको सबैभन्दा ठूलो सेल महोत्सव बनाउने उद्देश्यले ‘दोस्रो ठूलो दसैंको ठूलो धमाका’, को आयोजना हुँदैछ । दसैं बिदाको ठीक अघि आयोजना हुने सेल महोत्सवमा ग्राहकहरूले सस्तो मूल्यमा सामान खरिद गर्न सक्नेछन् ।
ठूलो डट कममा १० हजारभन्दा धेरै सामानहरू र सयभन्दा बढी ब्रान्डहरूमा अतिरिक्त छुटको व्यवस्था गरिएको छ । ग्राहकहरूले आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामनहरू घरमै बसीबसी, ठूलो डट कमको मोबाइल एप र वेबसाइटमार्फत विशेष छुटसहित खरिद गर्न सक्नेछन् । नेपाललाई डिजिटल नेपाल बनाउन ठूलो डट कमले यसपटक पनि अनगिन्ती अफरहरूमा डिजिटल भुक्तानीलाई बढी प्राथमिकता दिएको छ ।
अफरहरूका भरपुर लाभ उठाउन सामान खरिद गर्दा ग्राहकहरूले बैंक खाताहरू, डेबिट र क्रेडिट कार्डहरू र वालेट ब्यालेन्समार्फत अनलाइन भुक्तानी गर्नुपर्ने छ । यो सेल महोत्सव यही असोज १५ गतेसम्मका लागि लागू हुनेछ ।