कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
515

एनआईसी एसिया बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल महानुभावहरूलाई बिमा सुविधाअन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरिएको छ ।
जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू–प्रिमियम समुन्नति बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन हुनुभएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बिमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरिएको छ ।
यसैगरी बैंकले मेडिकल बिमाबापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय १९, नेपालगन्ज शाखाकी चमत्कारिक बचत खातावाहक ताराकुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञानबहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८ हजार ७ सय ५० रुपैयाँ रकम भुक्तानी गरेको जनाएको छ ।