कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
474

बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले बुटवलमै केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा मंगलबारको दिन सिद्धार्थ कटेज रेस्टुराँ, बुटवलको सभाहलमा विशेष साधारणसभा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
उक्त साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि भएको सम्झौताबमोजिम आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायहरुमा निवेदन गर्न र प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन निर्देशनहरुबमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृती लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरेबमोजिम कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, प्राप्ति कार्य सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने लगायतका आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।